सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रदेश प्रमुखको नियुक्तिका विषयमा छलफल हुने नेकपाले जनाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेकी थिइन्।
सरकारले सोमबार नै सातै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी गरेको छ।
सचिवालयको बैठकमा सातै प्रदेशका प्रस्तावित प्रदेश प्रमुखहरुका बारेमा छलफल हुने नेकपाले जनाएको छ।
3
Shares
प्रतिक्रिया