नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्।
एमालेको स्थायी कमिटी बैठकका क्रममा मंगलबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए।
उनले एमालेभित्र कुनै पनि प्रकारको विवाद र अन्तरविरोध नरहेको पनि स्पष्ट पारेका छन्। चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने पनि उनले बताए।
‘एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, षड्यन्त्र गरिदैँछ। जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमामा रहेर महाधिवेशन सम्पन्न गर्छौँ’, उनले भने, ‘एमालेमा विवाद र अन्तरविरोध छैन। स्वस्थ, मर्यादित ढंगले, सझदारीसाथ महाधिवेशन गर्यौँ भनेर सन्देश दिन्छौँ। आम कार्यकर्तामा एकताको भावना पैदा गर्ने, उत्साह पैदा गर्ने, जनताको अपेक्षा पूरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्ने गरी नै हामी भूमिका खेल्छौँ। यो महाधिवेशनमा कुनै किचलो र समस्या हुँदैन।’
सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरेका छन्। एमालेलाई गुटरहित र प्यानलरहित बनाउने गरी अघि बढ्ने पनि उनले बताएका छन्।
‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला भनेर मान्छेले अनुमान, कल्पना गरेका होला
Shares
प्रतिक्रिया