सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट कास्की क्षेत्र नं. २ कि उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गरेकी छन्।
बिहीबार करिव साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मोदवारी दर्ता गरेकी हुन्।
उम्मेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले आफूले जित्ने दावी गरिन्। ‘प्रतिस्पर्धा स्वीकार गर्छु’, उनले भनिन्, ‘यो चुनाव मैले नै जित्छु।’
अहिलेसम्म कास्की क्षेत्र नम्बर २ का लागि जम्मा ६ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाकारी दिए।
नेकपासँगै कांग्रेस बीपीबाट चन्द्बहादुर रानाभाट, देशभक्त समाज पार्टीबाट बीरबहादुर, साझाबापर्टीबाट रजनी केसी र स्वत्त्न्त्रबाट कमलजंग कुँवर र यज्ञबहादुर पंज्ञेनीले उम्मेदवारी दर्ता गरिसकेका छन्।
प्रतिक्रिया