ad ad

खेल


नेपालविरुद्ध एमसीसी: पहिलो इनिङ्समा एमसीसीको ३६४ रन

नेपालविरुद्ध एमसीसी: पहिलो इनिङ्समा एमसीसीको ३६४ रन

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ५:३४,

नेपालविरुद्ध काठमाडौंमा जारी प्रथम श्रेणीको तीन दिवसीय क्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन बनाएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार दोस्रो दिनको पहिलो शत्रमा एमसीसीले १०१ ओभर ५ बलमा सबै विकेट गुमाएर ३ सय ६४ रन बनायो।

पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो।

पहिलो दिन बुधबार एमसीसीका विल रोड्स ७३ रन, विल भान्डेर्सपारले ५३ र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। दोस्रो दिन बिहीबार यासिर अराफाट ६५ रनमा अविजित रहे। 

नेपालका करण केसी र सन्दीप लामिछानेले ३-३ तथा सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .