नेकपाा एमालेका महासचिव शंकर पोखरेल पाँच दलीय गठबनधनले स्थानीय तह रिक्त बनाउन खोजेको आरोप लगाएका छन्।
वैशाख-जेठमा गर्नुपर्ने भनिएको स्थानीय तह निर्वाचन कम्तीमा ६ महिना पछि धकेल्ने योजना गठबन्धनले बनाएपछि एमालेले त्यसमा जनाएको हो।
एमालेका विभिन्न तहका नेताहरुले गठबन्धनको उक्त प्रयासप्रति रोष प्रकण गरिरहेका छन्।
एमाले महासचिव शंकर पोखरेलले पनि अर्ली इलेक्सनमा असहमति नभए पनि स्थानीय तह खाली गर्ने कुरालाई स्वीकार्न नसकिने बताएका हुन्।
'नेकपा (एमाले) को असहमति 'अर्ली इलेक्सन'प्रति होइन। पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त एमालेको चाहना नै हो', उनले भनेका छन्, 'तर विभिन्न बहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति रहेको छ।'
60
Shares
प्रतिक्रिया