ad ad

राजनीति


एक घण्टा बित्यो तर सुरु भएन प्रधानमन्त्रीको सम्बोधन

एक घण्टा बित्यो तर सुरु भएन प्रधानमन्त्रीको सम्बोधन

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १५:५७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन एक घण्टा बित्दा पनि सुरु भएन। 

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन हुने बताएका थिए। 

तर दिउँसो ३ बजे हुने भनिएको सम्बोधन ४ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन। 

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी छ। 

प्रधानमन्त्रीले आफ्नो सरकारको ६ महिना पूरा भएको अवसरमा सम्बोधन गर्न लागेका हुन्। 

उनले देश कोरोना महामारीको चपेटामा परिरहेको र स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला सम्बोधन गर्न लागेका हुन्। 

प्रधानमन्त्रीको सम्बोधन ढिला भएपछि आजै अपराह्न ४ बजे बस्ने भनिएको गठबन्धन बैठक ५ बजेका लागि धकेलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .