डेमोक्रेटिक पार्टीका जो बाइडन जो आगामी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पविरुद्ध मैदानमा उत्रँन सक्छन् उनीमाथि ट्रम्पले भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप लागेको छ।
बुधबार सार्वजनिक सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए।
आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको बताएका हुन्।
उनले ह्वाइट हाउसले युक्रेनलाई उपलब्ध गराउने भनिएको सहायता रकम रोकिरहेको स्पष्ट रहेको पनि उल्लेख गरे। बीबीसी
प्रतिक्रिया