ad ad

राजनीति


वर्तमान सरकार र भारतका कारण राष्ट्र अफ्ठ्यारोमा : देउवा

वर्तमान सरकार र भारतका कारण राष्ट्र अफ्ठ्यारोमा : देउवा

गोकुल जोशी
कात्तिक २९, २०७६ शुक्रबार १५:१४,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको बताएका छन्।

नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्य समितिको महेन्द्रनगरमा आयोजित प्रथम प्रतिनिधि सभालाई सम्बोधन गर्दै सभापति देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार र मित्र राष्ट्र भारतको कारणले राष्ट्र अफ्ठ्यारो अवस्थामा आएको दाबी गरे। ‘राष्ट्र अत्यन्त अफ्ठ्यारो अवस्थामा छ, एकातर्फ वर्तमान दुई तिहाइको सरकारले प्रजातान्त्रिक अधिकारमाथी आक्रमण गर्न खोज्दै छ, अर्कोतर्फ मित्र राष्ट्र भारतले सीमा अतिक्रमण गरेर आफ्नो भूभाग भएको दाबी गर्दैछ’ देउवाले भने।

पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भारतले नेपाली भूभाग अतिक्रमण गरी आफ्नो दाबी गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाली भूभाग भएको बताए। ‘महाकाली सन्धी अनुसार महाकाली नदी सीमा नदी, पानी आधा भन्ने सहमती नै भएको छ। कालापानी, लिम्पियाधुरा, लिपु लेक नेपाली भूभाग नै हुन’ उनले भने, ‘लिपु लेक चीन नेपाल र भारतको त्रिदेशीय नाका भएकाले त्यसमा हाम्रो पनि हक बन्छ, त्यसमा दुई मत नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .