ad ad

राजनीति


आलमलाई शनिबार सदरखोर कारागार ल्याइने

आलमलाई शनिबार सदरखोर कारागार ल्याइने

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १५:५३,

राजपुर बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई शनिबार काठमाडौं ल्याइने भएको छ। प्रहरी स्रोतका अनुसार उनलाई ‘सुरक्षाका कारण’ काठमाडौं ल्याउन लागिएको हो।

आलम आज गौर कारबासमा बस्नेछन। भोलि डिल्लीबजार सदरखोर कारागार ल्याइने प्रहरीले जनाएको छ। 

उनलाई रौतहट जिल्ला अदालतले शुक्रबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

आलमसहित ११ जना विरुद्ध बम बिस्फोटमा घाईते भएकाहरुलाई घटना लुकाउन ईट्टा भट्टीमा जिँउदै जलाएर हत्या गरेको आरोपमा मुद्दा चलिरहेको छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .