ad ad

राजनीति


प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री बनाउने थापाको प्रतिवद्धता

प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री बनाउने थापाको प्रतिवद्धता

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:५९,

प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री बनाउने प्रतिवद्धता जनाएका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा जिम्मेवारी सम्हालेका थापाले प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

थापाले आफू सञ्चार क्षेत्रबाटै आएकाले सञ्चारमाध्यमसँग समन्वयकारी भूमिका निर्वाह गर्ने बताए। उनले आफू लोकतन्त्र र प्रेस स्वतन्त्रतामा सँधै विश्वास गर्ने पनि बताए।

थापाले सञ्चारकर्मीसँग भने, ‘म दोस्रो पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएको छु। सूचना प्रविधिको विकाससँगै विस्तार भएको सञ्चार क्षेत्रको आवश्यकतालाई समेत ध्यानमा राखी प्रधानमन्त्री कार्यालयलाई सकेसम्म सञ्चारमैत्री बनाउने छु। मेरो कार्यकक्ष सञ्चारकर्मीका निम्ति सधैँ खुल्ला रहने छ।’

थापाले सूचनाको आदानप्रदानमा सहज होस् भनेर नै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार र प्रेस सल्लाहकारको कार्यालय एकै ठाउँमा राखिएको पनि जानकारी दिए।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। थापा यसअघि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .