ad ad

राजनीति


 क्रियाशिल दलित पत्रकार संघ गठन

 क्रियाशिल दलित पत्रकार संघ गठन

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ५:१९,

दलित समुदायका पत्रकारहरूको सशक्तीकरण गर्दै दलित सवाललाई सञ्चारमाध्यममा सशक्त ढंगले समेट्ने उद्देश्यसाथ क्रियाशिल दलित पत्रकार संघ नेपाल (आडजोन) गठन गरिएको छ।

राजधानीमा भएको दलित पत्रकारहरूको भेलाले नागरिक दैनिकमा कार्यरत पत्रकार पवित्रा सुनारको अध्यक्षतामा १३ सदस्यीय क्रियाशिल दलित पत्रकार संघ गठन गरेको हो।

संघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संघको उपाध्यक्षमा रेडियो नेपालमा कार्यरत टीकाराम सुनार, महासचिवमा सीआईएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो नाइन्टी नेटवर्कका विष्णुबहादुर विक छन्।

यसैगरी सदस्यहरूमा नयाँ पत्रिका दैनिकका प्रकाश धौलाकोटी, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनका रूपा सुनार, सीआईएन रेडियोकी सिर्जना बराल, रेडियो नेपालका रमेश टमट्टा, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टेलिभिजनका सन्देश परियार र हिमालय टाइम्स दैनिकका सरिता मिजार छन्।

पत्रकारिता तथा लेखनमा सक्रिय साथीहरूलाई एकताबद्ध गरी पत्रकारिताका माध्यमबाट दलित आन्दोलनमा सहयोग पुर्याउने उद्देश्यले संघ गठन गरिएको अध्यक्ष पवित्रा सुनारले बताइन्।

‘अहिलेसम्म स्थापना भएका दलित पत्रकार संगठनले प्रभावकारी काम गर्न नसकेकाले हामीले संस्था गठन गरेका हौं’, अध्यक्ष सुनारले भनिन्, ‘पत्रकारितामा क्रियाशील साथीहरूको क्षमता अभिवृद्धि गर्दै मूलधारका मिडियामा दलित समुदायका पत्रकारहरूको उपस्थिति बलियो बनाउन पनि संस्थाको आवश्यकता देखेका हौं।’

देशभरका सक्रिय पत्रकारहरूलाई संगठित गरी आफ्नो संगठन देशभर विस्तार गर्ने योजना संघले बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .