ad ad

राजनीति


विभागीय प्रमुखलाई सञ्चारमन्त्रीको चेतावनीः ६६ प्रतिशत काम नसकाएकाले म अयोग्छु भन्ने थाहा पाउनुहोस्

विभागीय प्रमुखलाई सञ्चारमन्त्रीको चेतावनीः ६६ प्रतिशत काम नसकाएकाले म अयोग्छु भन्ने थाहा पाउनुहोस्

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ११:५०,

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विभागीय प्रमुखलाई बर्खास्त गर्ने संकेत गरेका छन्।

आइतबार मन्त्रालयको समीक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका हुन्।

उनले भौतिक, वित्तीय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टीकरण सोध्ने चेतावनी दिए। उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए। ‘भोलि प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन’, उनले भने, ‘लिखित आउँछ, निर्देशन लिखित आउँछ। तपाईंको जवाफ पनि लिखित चाहिन्छ।’

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए। उनले दोश्रो चौमासिक समीक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए। उनले भने, ‘६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु।’

बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .