ad ad

राजनीति


अपडेट : प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिस शल्यक्रिया गरिँदै

अपडेट : प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिस शल्यक्रिया गरिँदै

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ४:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको छ।

उपचारका लागि आज (मंगलबार) बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको अहिले एपेन्डिसाइटिस शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

त्यहाँ स्वास्थ्य परिक्षण गर्दा एपेन्डिसाइटिस समस्या देखिएकाे हाे ।

१२ वर्षअघि मृगाैला प्रत्याराेपण गरेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा फेरि समस्या आउन थालेपछि मिर्गाैलाकाे डायलासिस गर्न थालिएकाे छ।

केही दिनअघि मात्र  ग्रान्डी अस्पतालमा उनकाे चाैथाेपटक डायलासिस गरिएकाे थियाे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘नियमित स्वास्थ्य जाँच’का लागि अस्पताल पुर्याइएको बताएका थिए।

तर उपचारमा संलग्न चिकित्कसका अनुसार प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको हाे। उनलाई भर्नै गरेर उपचार थालिएकाे अस्पतालले जनाएकाे छ। 

प्रधानमन्त्रीलाई सोमबार रातभर झाडावान्ता भएको बताइएको छ।

याे पनि : प्रधानमन्त्री अस्पताल भर्ना भएपछि साग खेल्ने खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .