ad ad

राजनीति


अब मेडिकल कलेजलाई अनुचित शीर्षक खडा गरेर शुल्क असुल्न दिँदैनौँः सहसंयोजक तामाङ

अब मेडिकल कलेजलाई अनुचित शीर्षक खडा गरेर शुल्क असुल्न दिँदैनौँः सहसंयोजक तामाङ

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ६:५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक खले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन्।

मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे सरकारले समितिनै बनाएर अनुगमन गर्नुपर्ने बताएका छन्। उनले सहमितिसँगै अब मेडिकल कलेजलाई विभिन्न अनुचित शीर्षक राखेर रकम असुल्न नदिने चेतावनी समेत दिएका छन्।

‘अब सरकारले एउटा अनुगमन टोली बनाएर शुल्क फिर्ता भए, नभएको अनुगमन गर्नु पर्दछ’, तामाङले भनेका छन्, ‘मेडिकल कलेजहरुले बिना बहानाबाजी, सरकारले तोकेको शुल्क बाहेकको रकम एक हप्ता भित्र फिर्ता गरिसक्नु पर्छ। कुनै पनि अनुचित शीर्षक खडा गरि शुल्क असुल्न दिइने छैन।’

उनले मेडिकल माफियाविरुद्धको आन्दोलनमा अनेरास्ववियु विद्यार्थीको रक्षाकवच बनेर उभिएको दावी समेत गरेका छन्। उनले सरकार र कलेजहरुको सहमतिको कार्यान्वयन लागि खबरदारी गर्दै नियमित अध्ययनमा फर्कन, परीक्षाको तयारीमा लाग्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह समेत गरेका छन्।

उनले सहमतिको भाषा जे भए पनि बढी शुल्क फिर्ता गराउनु नै रहेको भन्दै उनले शढी शूल्क फिर्ता नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिए।

 

‘शुल्क फिर्ता नभए अझ ठूलो र निर्णायक आन्दोलन विध्यार्थीहरुको बाध्यता हुनेछ, जसले देशमा कुनै माफियालाई छाड्ने छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .