प्रतिनिधिसभा सदस्य चयनका लागि आज (शनिबार) कास्की क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनअन्तर्गत पोखरामा भइरहेकाे मतदान स्थलनजिकै फेरि बम विस्फोट भएको छ।
यसअधि शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदानलाई लक्षित गरी कस्कीका तीन मतदानस्थलमा बम विस्फोट भएका थिए।
मतदान जारी रहेकै समयमा दिउँसो करिव साढे १ बजेतिर पोखरा महानगरपालिका –१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो। विस्फोटबाट कुनै मानवीय क्षति नभएको र मतदान पक्रिया पनि जारी रहेको बताइएको छ।
यसअघि पोखरा ३३ भरतपोखरीस्थित सरस्वती टीका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा रहेका मतदान केन्द्रमा भोट हालिरहेकै बेला बम विस्फोट भएका थिए।
शान्ति माविमा दुईपटक विस्फोट भएको थियो। बम विस्फोटबाट कतै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ९ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गाउँ हो।
हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको निधन भएकै कारण कास्की २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भइरहेको हो।
बम विस्फोटपछि कडा सुरक्षाबीच मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया