ad ad

राजनीति


समाजवादी नेता मुकुन्द न्यौपानेको आक्रोश : पाँच दलीय गठबन्धनलाई ठगबन्धन भन्दा भयो

समाजवादी नेता मुकुन्द न्यौपानेको आक्रोश : पाँच दलीय गठबन्धनलाई ठगबन्धन भन्दा भयो

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:५०, काठमाडौँ

जेठ २२ मा पार्टीले गरेको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएपछि एकीकृत समाजवादीमा आक्रोश बढ्दै गएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना मन्त्री फिर्ता पठाएर नयाँ मन्त्रीलाई शपथ नदिलाएपछि समाजवादीका शीर्ष नेताहरु पनि आक्रोशित भएका छन्।

समाजवादीका शीर्ष तीनमध्ये एकजना नेता मुकुन्द न्यौपानेले पार्टी निर्णय अलपत्र परेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। 

समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि नेताका रुपमा न्यौपानेलाई तेस्रो वरीयता दिइएको छ।

उनले पाँच दलीय गठबन्धनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेकै भाषामा ठगबन्धनको संज्ञा दिएका छन्। न्यौपाने एमाले विभाजित नहुँदासम्म स्थायी कमिटी सदस्यको भूमिकामा थिए। 

उनले गठबन्धन हो कि ठगबन्धन? भन्ने प्रश्न गर्दै प्रश्न उठाएका छन्। 

'मेचीदेखि महाकालीसम्म गठबन्धनको संयुक्त चुनाव अभियानको नारा आयो', उनले भने, 'तर देशभरको चुनावमा भएको नेकपा माओवादी केन्द्र र कांग्रेसको चर्तिकला हेर्दा यसलाई गठबन्धन भन्ने कि ठगबन्धन भन्ने? म पुन: समीक्षा गर्नुपर्छ भन्ने पक्षमा छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .