उपराष्ट्रपति नन्दबहादुर पुनले हात दुख्ने समस्या देखा परेपछि शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा चेक जाँच गराएका छन्।
दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक अस्पतालमा चेकजाँचका लागि आएको अस्पतालले जनाएको छ।
अस्पताल आएर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए।
अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो।
42
Shares
प्रतिक्रिया