नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि (शनिबार) सम्म मन्त्री फेरिने बताएका छन्।
पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
'यसमा बारेमा पार्टीले पहिले नै निर्णय गरिसकेको छ। हामीले मन्त्रीहरुलाई समय थोरै छ ६ महिनाका लागि सरकारमा जानुस् भनेकै हो', उनले भने, '६ महिनापछि परिवर्तन गर्छौँ भनेको हो। अहिले हामीलाई थाहै थिएन भन्ने किसिमको कुरा आएको छ, त्यो कच्चा कुरा हो।'
पाण्डेले मन्त्री पद भन्ने कुराको चार्म रहेको बताउँदै गाडी, झण्डा र सुरक्षाकर्मीबाट उत्रिन गारो परेको बताए।
'फिर्ता हुने नहुने भोलि बेलुकासम्म थाहा पाउनुहुन्छ। भोलि बेलुका नयाँ टोली आउँछ मन्त्रीमा', उनले भने, 'अहिलेका यी साथीहरु घर जान्छन्।'
उनले बजेटमाथि छलफल भइरहेका बेला समाजवादीले मन्त्री फेर्ने गरी गरेको निर्णय अपरिपक्व भएको पनि बताएका छन्।
Shares
प्रतिक्रिया