ad ad

राजनीति


फेरि प्रधानमन्त्री हुने प्रचण्डको रहर, भन्छन् : देशलाई नयाँ युगमा लैजाने सपना छ

फेरि प्रधानमन्त्री हुने प्रचण्डको रहर, भन्छन् : देशलाई नयाँ युगमा लैजाने सपना छ

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:२२, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना देखाएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। 

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए। 

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे। 

‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिला बिति गयो। एउटा नयाँ परिस्थिति बन्यो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ', उनले भने, 'मलाई त्यसमा गर्व छ । देशका राष्ट्रिय एकता नै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन । आर्थिक वृद्धि दरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन।'

उनले जनताले आर्शिवाद दिए भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने विश्वासमा रहेको बताए। 'सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ', उनले भने, 'मेरै नेतृत्वमा हजारौँ नेपालीहरुको बलिदान भएको छ, यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो। म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु।’

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको बताए। 

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .