ad ad

राजनीति


विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक सरोज गौतमलाई बनाइयो

विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक सरोज गौतमलाई बनाइयो

नेपालखबर
असार १८, २०७९ शनिबार ११:५, काठमाडौँ

विवेकशील साझा पार्टीको युवा संगठनमा नयाँ नेतृत्व चयन गरिएको छ। यसअघि संगठनमा संयोजक रहेका अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि संगठनको सचिवालय बैठकले महासचिव रहेका सरोज गौतमलाई संयोजकको जिम्मेवारी दिएको हो। 

विवेकशील साझा पार्टीको युवा संगठनमा नयाँ नेतृत्व चयन गरिएको छ। यसअघि संगठनमा संयोजक रहेका अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि संगठनको सचिवालय बैठकले महासचिव रहेका सरोज गौतमलाई संयोजकको जिम्मेवारी दिएको हो। 

यही असार १६ र १७ गते अनलाइन माध्यमबाट बसेको बैठकले संगठनको आगामी महाधिवेशन र आसन्न चुनावसम्म संगठन नेतृत्वविहिन रहन नसक्ने भएकाले संस्थापक महासचिव सरोज गौतमलाई संयोजक बनाउने निर्णय गरेको हो। 

पर्वतको मोदी गाउँपालिका घर भएका २८ वर्षीय गौतम इलेक्ट्रोनिक्स इन्जिनियर हुन्। पोखरा विश्वविद्यालयबाट एमबीएसमेत गरेका उनी पेसाले एक आइटी कम्पनिका व्यवस्थापक हुन्। एक दशकदेखि सामाजिक अभियानमा सक्रिय गौतम विभिन्न अनलाइन तथा पत्रपत्रिकामा नियमित टिप्पणीकार हुन्।

तत्कालीन साझा पार्टीले स्थापना गरेको साझा युवा संगठनका महासचिव बनेका गौतमले विभिन्न राजनीतिक तथा सामाजिक अभियानको नेतृत्व गरेका छन्।

पार्टीको केन्द्रीय समिति सदस्य समेत रहेका उनी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेजको विपक्षमा उभिएका थिए। पार्टीमा वैचारिक संकट उत्पन्न भएपछि त्यसको विधिवत् व्यवस्थापनका लागि गौतम सक्रिय थिए।

‘पार्टीको संकटको समयानुकूल व्यवस्थापन गर्न पार्टी नेतृत्वलाई दबाब दिन युवा संगठनले भूमिका खेल्नुपर्थ्यो’, गौतमले भने, ‘अब पार्टीको समस्या समाधानसँगै विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा संगठनले नेतृत्व लिनेछ।’

संगठनको उक्त बैठकले संस्थापक संयोजक अब्दुस मियाँलाई संगठनमा योगदानका लागि धन्यवाद दिएको छ। साथै उनलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना समेत दिइएको  संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .