केही दिनअघि मात्र गठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्। आइतबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले पाँचै जनालाई निष्कासन गरेको दाबी गरे।
याे पनि : कहीँ नभएको जात्रा हाँडीगाउँमा ! पार्टी खोलेको पाँचदिनमै वामदेव ‘आउट’
‘हामीले उहाँहरु पाँचैजना हस्ताक्षर गर्नेहरुलाई निष्कासन गरिसकेका छौं,’ गौतमले नेपालखबरसँग भने, ‘त्यसमा हस्ताक्षर गर्नेहरुले हामीसमक्ष माफी मागेर यसअघि भएका क्रियाकलाप गलत भएको रियलाइज गरे कारबाहीबारे पुनर्विचार गर्न सक्छौं।’
यसअघि शनिबार युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले चाहिँ संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए।
तर, शनिबारै बेलुका उनीहरुलाई आफूले कारबाही गरेको गौतमले दाबी गरे।‘हिजो साँझको बैठकबाट त्यो निर्णय गरेका छौं। त्यसको मुख्य कर्ता युवराज सफल भन्ने अत्यन्त घातक र नेपालका निम्ति जुनसुकै बेला जस्तो पनि काम गर्नसक्ने मान्छे हुन्,’ गौतमले थपे, ‘यति लामो समयको कम्युनिस्ट आन्दोलनमा यस्तो खालको व्यक्ति फेला पारियो, जसमा मैले विश्वास गरेँ, अहिले उल्टो क्रियाकलाप गर्नुभयो।’
Shares
प्रतिक्रिया