नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा हतियार खरिदको विषयले प्रवेश पाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री बालकृष्ण खाणले हतियार खरिदको योजना पुरानै भएको स्पष्टिकरण दिएका छन्।
उनले अब सरकारले नकिन्ने जवाफ दिएको पनि बैठकमा ब्रिफिङ गरेका छन।
‘हतियार खरिदको योजना पुरानो हो, अब किनिँदैन,’ बैठकमा खाणले भने, ‘यो प्रहरीको कार्यक्रम हो,’
हतियार किन्न आवश्यक भएको बताउँदै उनले तर अहिले पैसा हुँदा असम्भव भएको स्पष्टीकरण दिए।
‘हतियार चाहिने पनि हो, तर अहिले पैसा छैन,’ बैठकमा खाणले भने।
कांग्रेस केन्द्रीय कार्यसमितिको पाँचौ दिनको बैठक सानेपामा जारी छ। गत २७ असारदेखि बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ।
27
Shares
प्रतिक्रिया