ad ad

राजनीति


भारतमा प्रचण्ड–आरजु भेटलाई गलत नियतले प्रचार गरिएको भन्दै खण्डन

भारतमा प्रचण्ड–आरजु भेटलाई गलत नियतले प्रचार गरिएको भन्दै खण्डन

नेपालखबर
साउन १, २०७९ आइतबार ७:५२, काठमाडौँ

भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच भएको भेटलाई गलत नियतका साथ प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको छ। 

प्रचण्डको सचिवालयले शनिबारै राति जारी गरेको विज्ञप्तिमा भनिएको छ : आज (शनिबार) बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।

कतिपयले भारतमा प्रचण्ड र प्रधानमन्त्रीकी पत्नी आरजुबीचको भेटलाई राजनीतिक लेनदेनका रूपमा अर्थ्याउँदै आलोचना गरेका थिए। 

यस विषयमा प्रचण्डको सचिवालयले भनेको छ : त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गर्दछौं। कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं।

आफूहरूमा देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको स्ष्टीकरण विज्ञप्तिमा दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .