ad ad

राजनीति


भाजपा मुख्यालयमा प्रचण्ड, अध्यक्ष जेपी नड्डासँग भेटवार्ता

भाजपा मुख्यालयमा प्रचण्ड, अध्यक्ष जेपी नड्डासँग भेटवार्ता

भाजपा मुख्यालयमा प्रचण्ड र जेपी नड्डा


नेपालखबर
साउन १, २०७९ आइतबार १२:२१, काठमाडौँ

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन्।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्। भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।

पूर्वप्रधानमन्त्री प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन्। 

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए। 

भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .