प्रमुख सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय कार्य समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा उत्साहजनक नतिजा आएको पनि निष्कर्ष निकालेको छ।
त्यही नतिजाका आधारमा कांग्रेस बैठकले आगामी मंसिरमा हुने भनिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलहरूसँग तालमेल गरेर जाने निर्णय पनि गरेको छ।
कांग्रेसले नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थालाई पनि मान्यता दिएको छ। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(१)(क) बमोजिम (१) अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई भ्रातृ संघको मान्यता प्रदान गर्ने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका कामका पनि समीक्षा भएको बताउँदै जनविरोधी र संविधानविरोधी गतिविधि नगर्न सुझाएको बताए।
Shares
प्रतिक्रिया