ad ad

राजनीति


उपनिर्वाचनमा आचारसहिंता उल्लंघनका ३३ वटा घटना भए : इन्सेक

उपनिर्वाचनमा आचारसहिंता उल्लंघनका ३३ वटा घटना भए : इन्सेक

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १२:३७,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मंसिर १४ गते भएको उपनिर्वाचनमा आचारसहिंता उल्लंघनका ३३ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनमा सबभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लंघन भएको पाइएको उल्लेख छ। राजनीतिक दलबाट १५, जनप्रतिनिधिबाट पाँच, निर्वाचन कार्यालयबाट पाँच, स्थानीय तहबाट एक र अन्यबाट सात वटा निर्वाचन आचारसंहिता उल्लंघनका घटना भएको पाइएको हो।

इन्सेकले गरेको अनुगमनबाट आचारसंहिता उल्लङ्घनमा कुटपिट आठ, बालबालिका प्रयोग सात, भोजभतेर र माइकिङ एक÷एक, विस्फोटन दुई, सरुवा एक, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट पाँच र अन्य छ वटा भएको जनाइएको छ।

‘आचारसंहिताविपरीत काम भए कारबाही गर्ने अधिकार कानूनले निर्वाचन आयोगलाई प्रदान गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष असाध्यै फितलो पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘आचारसंहिता विपरीत गतिविधि भए उजुरी गर्ने व्यवस्था भए पनि छानबिन र दोषीलाई कारबाही गर्ने कार्यमा आयोग निरीहजस्तै देखियो।’

प्रतिवेदनमा इन्सेकले निर्वाचन आचारसंहिता उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने र भड्किलो चुनाव खर्चमा कमी ल्याउन राजनीतिक दलको चुनावी खर्चको व्यवस्थापन निर्वाचन आयोगले गर्न सुझाब दिइएको छ।

प्रतिवेदनमा राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्वाचनसम्बन्धी कार्यक्रम विद्यालयमा नगर्ने प्रतिबद्धताको पूर्ण परिपालना गर्नुपर्ने र निर्वाचन खर्च मितव्ययी बनाउनुपर्ने सुझाब दिइएको छ। यही मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५२ स्थानमा उपनिर्वाचन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .