ad ad

राजनीति


वसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

वसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

मंगलबार वसन्तपुर क्षेत्र निरीक्षणका क्रममा मन्त्री श्रेष्ठ।


नेपालखबर
भदौ १५, २०७९ बुधबार ९:१४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकाले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। 

इन्द्रजात्राको तयारी बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्त्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व विभाग र स्थानीय संघसंस्थालाई आग्रह गरे। 

नेपालीको गौरवका रूपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट सामग्रीले इन्द्रजात्रालगायत महत्त्वपूर्ण जात्रा व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उनको भनाइ छ। 

सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माण भइरहेको छ। मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्र सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिए। 

ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको वसन्तपुर क्षेत्र व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघसंस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न उनले निर्देशन दिए।

अहिले वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ। सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .