ad ad

राजनीति


सबैतिरबाट विश्राम लिनपर्ने बेला भएको छ : प्रचण्ड

सबैतिरबाट विश्राम लिनपर्ने बेला भएको छ : प्रचण्ड

तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
भदौ १७, २०७९ शुक्रबार १४:१६, सुर्खेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैतिरबाट आफू विश्राम लिन चाहेपनि समय नभएको बताए।

वीरेन्द्रनगरको सिटी हलमा प्रदेश कमिटीले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

उनले कार्यकर्तालाई आफुले सबैतिरबाट रेस्ट लिन मन भएपनि रिस्ट लिन समयनै नभएकोले चुनावको माहोल बनाउँन देशभरी दौडाहमा रहेको बताए।

उनल भने, ‘मेरो उमेर पनि सबैतिरबाट रेस्ट गर्ने बेला भएको छ। तर, पनि देशभरी दौड्धुपमा दौडिएको छु। र हाम्रो पार्टी भित्रको गुटबन्दी र स्वार्थवादी व्यक्तिका कारण माओवादी स्थानीय चुनावमापछि पर्नु पर्यो। विशेष गरेर हामी मधेस प्रदेश रर तराईका जिल्लाहरुमा हार व्यहोर्नु प¥यो।’

यस्तै, प्रचण्डले सबैले नेताहरूले आ–आफूलाई प्रचण्ड ठान्नाले माओवादी कमजोर बन्दै गएको बताएका छन्। 

उनले भने, ‘पार्टी भित्र जति मत ल्यायौं हामी सन्तुष्ट छैनौं हामीले १७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौं। विगतमा जितेका पालिका गुमाएका छौं।’

उनले आफ्ना कार्यकर्तामा कुनै पनि गुनासो नरहेको बताए। तर, प्रचण्डले नेताहरूमा गुट, उप–गुटले माओवादी भित्र थप समस्या निम्ताएको पनि उल्लेख गरे। उनले भने, ‘माओवादी प्रचण्डको नेतृत्वमा एउटै छ। तर, नेताहरूले स्वार्थ का लागि कर्णालीमा पनि भित्र–भित्र गुट, उपगुटले माओवादी पछाडि परेको छ।’

प्रचण्डले यस पट्को प्रदेश सभा निर्वाचनमा सकेसम्म महिलालाई प्राथमिकता राखेर टिकट वितरण गर्नु पर्ने सुझाव दिए।  ‘हामीले त्यसैअनुसारको महिलालाई प्राथमिकताका साथ उम्मेदवार बनाएर जिताउने नीति बनाएक छौं।’ उनले भने।

महिलालाई प्रत्यक्ष चुनाव जिताइने हो भने पुरुषहरु समानुपातिकतर्फ जाने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .