नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला नेतालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन्।
माओवादी केन्द्रले २३ भदौसम्म प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गरिरहेको छ।
मंगलबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै प्रचण्डले उम्मेदवारको नाम सिफारिस गर्दा महिला नेतालाई प्राथमिकता दिन निर्देशन दिए।
उनले समानुपातिक पुरुषका लागि पनि भएको बताए।
‘अहिले महिलालाई प्रत्यक्षमा टिकट नदिँदा समानुपातिकमा ३३ प्रतिशत पुर्याउन महिला मात्र हुने अवस्था आयो,’ प्रचण्डले भने, ‘महिला नेता छन् र जित्ने सम्भावना छ भने प्राथमिकता दिनुपर्छ।’
प्रचण्डले समानुपातिक उम्मेदवारलाई पनि प्रचार गरेर चुनावी अभियानमा लैजाने बताए।
उनले जित्ने अवस्था भएका दलित, मधेसी र थारु महिलालाई प्राथमिकता दिन सुझाव दिए।
‘उत्पीडित समुदायबाट उम्मेदवार सिफारिस गर्न प्राथमिकता दिनुहोला,’ प्रचण्डले थपे।
Shares
प्रतिक्रिया