ad ad

राजनीति


लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन गठबन्धन : गृहमन्त्री खाँण

लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन गठबन्धन : गृहमन्त्री खाँण

चितवनमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँण। तस्बिर : रासस


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १७:४१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धन कायम गरिएको बताएका छन्। 

कांग्रेस चितवनले भरतपुरमा गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान पहिलो चरणको समापन कार्यक्रममा बोल्दै  खाँणले सबै पार्टीलाई लोकतान्त्रिक बनाउन गठबन्धन गरेको जिकिर गरे। 

कतिपयलाई गठबन्धन मन नपरे पनि विस्तारै सबै पार्टी सुधार्दै लैजाने जिकिर उनको थियो। 

‘गठबन्धन कतिपयलाई रुचीकर नभएको सक्छ। पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन अगाडि बढायौँ’, उनले भने, ‘विस्तारै सबैलाई सुधार्ने कांग्रेसले हो। हाम्रो पार्टी सुदृढ बनाउनुपर्छ। अरुलाई पनि सुधार्ने हो।’

२०७४ को निर्वाचनमा नेकपाले बहुमत ल्याएपछि संविधानमै आक्रमण गरेकाले यो सरकार बनेको बताए। 

‘लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, परम्परा र संस्कृतिमाथि नै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहार गर्‍यो', उनले भने, 'त्यसैले यी सबै कुरालाई बचाउन गठबन्धन सरकार बन्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .