ad ad

राजनीति


आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा

आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा

नेपालखबर
असार ९, २०७६ सोमबार १५:४७,

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताएका छन्।

आयोगले आज आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताएका हुन्।

आयोगका अध्यक्ष शर्माले भने, ‘आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ।’

अध्यक्ष शर्माले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहा जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गरे। ‘व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो?’

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेललगायतले सरकारले ल्याएका पछिल्ला केही विधेयकका विषयमा सम्वाद र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राखे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .