महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
केहीबेरमा प्रतिवेदन संसद सचिवालयलाई प्रतिवेदन बुझाउने तयारीमा रहेको समितिका सभापति राम बहादुर विष्टले जानकारी दिए। ‘डकुमेन्ट मिलाउँदैछौं, केहिबेरमा प्रतिवेदन बुझाउछौं,’ विष्टले नेपालखबरसँग भने।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने फरक मत राखेको छ।
११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको पक्षमा देखिएका छन् भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले फरक मत राखेका छन्।
आजै राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल पनि सकिँदैछ। त्यसअघि नै समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको हो।
यसअघि चोलेन्द्रले आफ्नो बयानको प्रत्येक पृष्ठमा हस्ताक्षर गरेका थिए। समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाइएको हो।
Shares
प्रतिक्रिया