राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक प्रणालीतर्फको उम्मेदवार छनौट गरिरहेको जनाएको छ।
अहिलेउम्मेदवारको नामलाई अन्तिम रुप दिने काम भइरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २ बजेपछि संसदीय समितिको बैठक बसेर उम्मेदवारको नाम टुंगो लगाइ ४ बजेपछि निर्वाचन आयोग गएर बन्द सूचि बुझाउन लागिएको छ ।
‘अहिले हामी समानुपातिक उम्मेदवारको अन्तिम लिष्ट तयार पाँर्दै छौँ, २ बजे संसदीय समितिको बैठक बस्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘४ बजेपछि निर्वाचन आयोग पुगेर समानुपातिक तर्फको बन्द सूचि बुझाउँछौँ।’
48
Shares
प्रतिक्रिया