नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार छान्ने कुरामा आफ्नो बाध्यता बुझिदिन आग्रह गरेका छन्।
सोलुखुम्बुमा दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिका प्रशासनिक भवन, थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालय भवन उद्घाटन समारोहलाई सम्बोधन सोमबार गर्दै प्रचण्डले सो आग्रह गरेका हुन्।
उम्मेदवारी दाबी गर्ने नेतातिर संकेत गर्दै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरेका हुन्।
उनले आफ्नो र पार्टीको सपना अझै धेरै बाँकी रहेकोले यही चुनावालाई मात्र ध्यान नदिन आग्रह गरेका छन्।
‘समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवार बुझाउने आज अन्तिम दिन हो, मैले गएर नाम टुंगो लगाएर हस्ताक्षर नगरी हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘तपाईँहरुलाई थाहा छ, धेरै चाप छ मलाई लाग्छ हाम्रो सपना अझै धेरै छ, यो कुरा तपाईँहरुले बुझ्नुहुन्छ।’
उनले संविधान निर्माणमा जनताले आफूलाई पठाएको खुशी व्यक्त गरे।
‘एउटै व्यक्तिलाई क्रान्तिको, शान्तिको, संविधान निर्माणको समाुनापतिक समावेशी सिद्धान्त कार्यान्वयन गराउने जिम्मा दिनुभयो, यसमा म खुशी छु,’ प्रचण्डले थपे।
समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउन सोमबार ९ बजे बैठक बस्ने भनिएकोमा प्रचण्ड पदाधिकारी बैठक स्थगित गरेर सोलुखुम्बु पुगेका थिए।
उनको साथमा अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका सचिव राम कार्की लगायतको टोली सोलुखुम्बु पुगेका थिए।
उनी सोलुखुम्बुबाट फर्किएर पार्टी बैठकमा सहभागी हुनेछन्। त्यसपछि समानुपातिकको बन्दसूची बोकेर निर्वाचन आयोग जाने कार्यक्रम रहेको जनाइएको छ। प्रचण्डले सम्बाेधनकाे क्रममा समानुपातिककाे सूची तय भइसकेकाे संकेत गरेका छन्। पार्टीकाे पदाधिकारी बैठक भने २ बजेपछिलाइ बाेलाइएकाे छ।
Shares
प्रतिक्रिया