नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिक तर्फको उम्मेदवार बन्दसूची बोकेर निर्वाचन आयोगमा पुगेको छ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा उम्मेदवारको बन्दसूची कान्तिपथ पुगेको हो।
केही बेरअघि सो पार्टीले सूची दर्ताबापत लाग्ने शुल्क बुझाएको छ। अब दर्ता प्रक्रिया सुरु भएको छ।
दर्ता शुल्क बुझाएपछि प्रतिक्रिया दिँदै तुलाधरले केही प्रक्रिया बाँकी रहेको बताए।
156
Shares
प्रतिक्रिया