नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधर समानुपातिकतर्फ बन्दसूचीमा समावेश भएका छन्।
धादिङ १ का तुलाधरले यसपटक समानुपातिक रोजेका हुन् ।
पार्टी उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रतिनिधिसभाअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ छोडेर तुलाधर समानुपातिकमा बसेका हुन्।
एकीकृत समाजवादीले प्रतिनिधि सभाको समानुपातिक तर्फ ११० र प्रदेश सभातर्फको २२० उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ ।
तुलाधरले आफू यसपटक समानुपातिकमा बसेको नेपालखबरलाई बताए।
‘मैले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धादिङ क्षेत्र नम्बर १ छोडेर समानुपातिक बसेको छु,’ उनले भने ।
201
Shares
प्रतिक्रिया