सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक स्थगित भएको छ। मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो। एकैछिन बैठक बसेपनि विषय प्रवेश नगरिनै बैठक स्थगित गरिएकाे हाे।
आजै बेलुकी ४ बजे पुनः बस्नेगरी बिहानको बैठक स्थगित भएको हो। कार्यदलका एक सदस्यका अनुसार बिहान केहीबेर नेताहरु बैठकमा भेला भएको भएपनि औपचारिक छलफल भने भएन्।
‘बिहान केहीबेर नेताहरु बैठकका लागि जम्मा हुनुभएको थियो। पुनः बेलुकी ४ बजेका लागि बोलाइएको छ।’
सत्तारुढ गठबन्धनमा महिनौंदेखि पटक पटक छलफल हुँदा पनि सिट बाँडफाँटको विषय टुंगिन सकेको छैन।
63
Shares
प्रतिक्रिया