राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सत्तारूढ तीन दलका युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
नेपाल तरुण दल, युवा संघ नेपाल र र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले आज दिउँसो २ बजे माइतीघर मन्डलामा विरोध र्याली आयोजना गर्ने भएका हुन्।
उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो।’
सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले संसदको घोर अपमान गरेको जनाएको थियो।
हेर्नुहाेस् विज्ञप्ति
24
Shares
प्रतिक्रिया