नागरिक आन्दोलनका अगुवा एवं युवा लेखक युग पाठकले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि औपचारिकरुपमा उम्मदेवारी घोषणा गरेका छन् ।
दमक बजारको पिपलचोकबाट शनिबार उम्मेदवारी घोषणा गरेका पाठकले आफ्नो यो निर्णयलाई ‘उत्स्रवण आन्दोलनको घोषणा’ समेत भनेका छन् ।
उम्मेदवारी घोषणासँगै पाठकले घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।
केपी ओलीले यसअघि जितेको निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी पाठकले भनेका छन्, ‘नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो ।’
‘पाठक भन्छन्, ‘पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो ।’
पाठकले आफ्नो घोषणापत्रको शुरुमा भनेका छन्, ‘वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन । आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन। आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।’
विश्वमा यतिबेला दार्शनिक संकट आइपरेको बताउँदै पाठकले नयाँ विश्वदृष्टिकोण निर्माण गर्नुपर्ने बताएका छन् ।
‘हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो?’ पाठक भन्छन्, त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं ।’
प्रकृति, मान्छे र ब्रम्हाण्ड सबै एक अर्कामा अन्योन्याश्रित रूपमा जोडिएको बताउँदै स्थानीय ज्ञान, जनता र प्रकृतिको शीर उठाउनुपर्ने मुज्ञा अगाडि सारेका छन् ।
हेर्नुहोस् घोषणापत्रको पूर्ण विवरण–
Shares
प्रतिक्रिया