ad ad

राजनीति


खोटाङमा कांग्रेसले छाड्यो सत्ता गठबन्धन, संघ र प्रदेश दुवैमा एक्लै उम्मेदवारी घोषणा

खोटाङमा कांग्रेसले छाड्यो सत्ता गठबन्धन, संघ र प्रदेश दुवैमा एक्लै उम्मेदवारी घोषणा

नेपालखबर
असोज २२, २०७९ शनिबार २०:१, काठमाडौँ

खोटाङमा नेपाली कांग्रेसले सत्तारुढ पाँच दलीय गठबन्धन छाडेको छ। प्रत्यक्षतर्फको उम्मेदवारी दिने अघिल्लो दिन कांग्रेसले गठबन्धन छाडेर एक्लै चुनावमा जाने निर्णय लिएको हो। 

शनिाबर काठमाडौंमा भएको नेपाली कांग्रेस खोटाङको छलफलबाट गठबन्धन छाडेर एक्लै संघीय संसद र दुवै प्रदेशमा उम्मेदवारी दिने निर्णय लिइएको हो।

कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीका अनुसार गठबन्धनबाट बाहिरिएर संघीय संसद र प्रदेशसभाका दुवै सिटमा उम्मेदवारी दिने निर्णय भएको छ।

भेलाले संघमा पूर्व राज्यमन्त्री सर्वधन राईलाई उठाउने निर्णय लिएको छ।  पूर्वराज्यमन्त्री समेत रहेका राई कांग्रेसले २०५६ सालमा दुवै क्षेत्र जित्दा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। 

प्रदेशसभा 'क' मा पार्टीका पूर्वजिल्ला सभापति सुवासकुमार पोखरेल र प्रदेशसभा 'ख' मा पार्टीका जिल्ला सभापति  विष्णुकुमार राईलाई उम्मेदवार बनाउने निर्णय भएको जोशीले बताएका छन्। 

कांग्रेसको यस निर्णयसँगै खोटाङमा सत्ता गठबन्धन भत्किएको छ। खोटाङमा संघतर्फ माओवादी केन्द्रले टिकट पाएको छ। त्यहाँ संघको टिकटका लागि कांग्रेससँगै एकीकृत समाजवादीका राजन राई पनि दाबेदार थिए।

खोटाङमा सत्ता गठबन्धनबाट माओवादीकी समिता कार्कीले टिकट पाएकी छन्। यो स्थानीय तह निर्वाचनमा बहुमत तह जितेको कांग्रेसलाई प्रदेशसभा 'ख' को मात्रै टिकट दिइएको थियो। त्यसमा जिल्ला सभापति विष्णु राईले टिकट पाएका थिए।

त्यस्तै प्रदेश 'क' मा एकीकृत समाजवादीका राजन राईलाई टिकट मिलेको थियो। उनी २०७४ मा एमालेबाट विजयी भएका थिए।  

तर खोटाङका बहुमत स्थानीय तह जितेको कांग्रेसले गठबन्धनका नाममा आफूहरुको अपमान भएको भन्दै गठबन्धन तोडेर एक्लै चुनावी मैदानमा होमिने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .