ad ad

राजनीति


लोसपाका अनिल झा धनुषा ३ बाट उम्मेदवार

लोसपाका अनिल झा धनुषा ३ बाट उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:१५, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले धनुषा ३ बाट  प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

यसअघि २०७४को निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जित निकालेका झालार्इ पार्टीले धनुषा ३ बाट लडाउने निर्णय गरेपछि उनले सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनबाट रौतहट १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचन लड्ने भएपछि गठबन्धनमा यो क्षेत्र लोसपाको भागमा परेको थियो।

झासँगै सत्ता गठबन्धनबाट धनुषा ३ क मा नेपाली कांग्रेसका रामसरोज यादव र धनुषा ३ ख बाट लोसपाका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .