राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख ब्यक्त गरेकी छिन्।
आइतबार बिहान जोशीको निधनपछि श्रद्धाञ्जली दिँदै राष्ट्रपति भण्डारीले मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको उल्लेख गरेकी छिन्।
‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छिन्।
सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन्।
डेंगु भएर अस्पताल भर्ना भएका जोशीको उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो।
21
Shares
प्रतिक्रिया