नेपाली कांग्रेसले आशन्न निर्वाचनका लागि गठन गरेको केन्द्रीय परिचालन समितिको पहिलो बैठक बोलाएको छ।
पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति’ को बैठक मंगलबारका लागि बोलाइएको हो।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव प्रेम केसीले जानकारी दिए।
कांग्रेसले चुनावका लागि श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ।
18
Shares
प्रतिक्रिया