ad ad

राजनीति


भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलमा भाइव्रेसन आएको छ : महेश बस्नेत

भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलमा भाइव्रेसन आएको छ : महेश बस्नेत

महेश बस्नेत।


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ७:२५, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एमालेको उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन्। 

नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको बताए। 

‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखी बैंकले व्यापदर समेत १८ प्र्रतिशत सम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेन्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’ उनले सम्बोधनको क्रममा भने। 

२०५४ सालमा सूर्य उदाएको गुण्डू अब झलमल्ल हुने बस्नेतको दाबी छ। गुण्डूमा एमालेले गरेको विकासले गर्दा विपक्षीले खासै गतिविधि गर्न नसकेको दावी समेत उनले गरेका छन्। 

कांग्रेस जस्तो निस्तेजको राजनीति एमालेले नगर्ने उल्लेख गर्दै उनले एमालेले लोकतान्त्रीक विधि अवलम्बन गर्ने उल्लेख गरे।

कांग्रेससँग हरेक ठाउँहरुमा दाँजिन तयार रहेको उल्लेख गर्दै उनले सामाजिक न्याय र समानताको लागि एमाले अग्रणी रहेको बताए ।

आगामी दिनमा आधुनिक नेपाल निर्माणको नेतृत्व एमालेले गर्ने उल्लेख गर्दै उनले अब भक्तपुरले सिंहदरवार जोड्न नभई नेतृत्व गर्ने दावी गरे ।

भक्तपुरमा एमाले ब्राण्डेड पार्टी रहेको उल्लेख गर्दै उनले भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन आएको दावी गरे।

‘हामी जनतालाई कन्भिन्स गर्छौ तर विपक्षीहरु कन्फ्युज बनाउँछन् । एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन गएको छ ।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .