सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिल्यै नसुध्रिने बताएका छन्।
बुटवलमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सत्ता गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘सरम (लाज) लाग्दैन? काम गर्न दिएनन् भन्दा, रूदै हिँडेर हुन्छ?', उनले ओलीप्रति व्यंग्य गर्दै भने, 'बरु घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, ओली सुध्रिनेवाला छैनन्।’
उनले एमालेतिर लक्षित गर्दै स्थानीय तह निर्वाचनमा प्रतिगामीहरुलाई हराएको पनि दाबी गरेका छन्।
‘स्थानीय निर्वाचनमा प्रतिगामीलाई जसरी पराजित गर्यौँ, त्यसलाई पूर्ण बनाउन अब पनि उनीहरूलाई हराउनुको विकल्प छैन’, उनले थपे।
प्रतिगामीलाई ठेगान लगाएको बताउँदै हौसिएका नेपालले आफूहरुको अभियानले उपलब्धि जोगिएको पनि बताए।
सम्बोधनको धेरै समय एमाले र ओलीलाई गाली गर्न खर्चिएका अध्यक्ष नेपालले ओलीलाई हिटलर बन्न खोजेको आरोप पनि लगाए।
Shares
प्रतिक्रिया