ad ad

राजनीति


कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ८:४४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले आज गर्ने भनेको ‘घोषणापत्र सार्वजनिक कार्यक्रम’ स्थगित भएको छ। आज (सोमबार) बिहान साढे १० बजेका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम राखिएको थियो। 

आइतवार नै सार्वजनिक गर्ने तयारी भए पनि देउवा गठबन्धनको कार्यकर्ता भेलामा सहभागी भएर धनगढी र सुर्खेतबाट फर्किँदा ढिला भएपछि सारिएको थियो। 

अन्तिम समयमा सोमवार साढे का लागि सारिएको उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको पौडेलले बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ( २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०स्३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

समितिले अध्ययन र विश्लेषण उपसमिति र प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको थियो। समितिले स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमिति पनि गठन गरेको थियो।  

उपसमितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रीति मण्डल सदस्य रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .