ad ad

राजनीति


प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनले शिष्टाचार भेटवार्ता गरे

प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनले शिष्टाचार भेटवार्ता गरे

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १०:१५, ललितपुर

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर‍. थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षाैंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भयो। 

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गरिरहेको र खेलेको भूमिका सह्रानीय भएको 
बताए। 

प्रचण्डले भने, ‘नेपाल र अमेरिकबीच वर्षाैंदेखिको मित्रता छ। तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ 

भेटका अवसरमा प्रचण्डले आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए। 

राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए। उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए। 

राजदूतले ७५ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .