ad ad

राजनीति


पौडेल इन्काउन्टरमा मारिएका हुन् कि हत्या गरिएको हो?

पौडेल इन्काउन्टरमा मारिएका हुन् कि हत्या गरिएको हो?

नेपालखबर
असार १०, २०७६ मंगलबार ८:४७,

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएपछि गृहमन्त्री र प्रहरी प्रमुखको अभिव्यक्ति फरक फरक आएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रामबहादुर विष्टले पौडेल इन्काउन्टरमा मारिएका हुन् कि हत्या गरिएको हो? भनी प्रश्न गरे। ‘इन्काउन्टरमा मरिएको पनि भन्ने अनि छानबिन पनि गर्न सकिने भनी गृहमन्त्रीले दिनुभएको अभिव्यक्ति स्वभाविक छैन’, उनले भने। घटनाको मानवअधिकारवादीहरुले पनि विरोध गरिरहेको भन्दै उनले मुलुकभरीका यस्ता घटना बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।

 सांसद रामेश्वर राय यादवले कुमार पौडेल हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रमुखको अभिव्यक्ति फरक आएको तथा घटनाको प्रकृतिबाट हत्या नै प्रमाणित हुने भन्दै घटनाको बारे सत्यतथ्य जानकारी गराउन माग गरे। निर्वाध रुपले बाँच्न पाउने अधिकार र हरेक अपराधको कानुनी उपचार हुँदाहुँदै राज्यले हत्या नै गर्नुपर्ने कारण बारे स्पष्ट पार्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .