ad ad

राजनीति


एमाले प्रदेश १ को प्रतिवद्वता : प्रदेशको नाम राख्ने, विराटनगरलाई आर्थिक राजधानी बनाउने (पूर्णपाठ)

एमाले प्रदेश १ को प्रतिवद्वता : प्रदेशको नाम राख्ने, विराटनगरलाई आर्थिक राजधानी बनाउने (पूर्णपाठ)

एमालेको घोषणा पत्र सार्वजनिक गरिँदै। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १५:२९, विराटनगर

नेकपा एमाले प्रदेश १ ले  प्रदेश १ को नामाकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।

प्रदेश १ को प्रतिबद्वतापत्र सर्वाजनिक गर्दै एमालेले प्रदेशको नामकरण गरी अत्याधुनिक सुविधासहितको प्रदेश राजधानीको भौतिक संरचना बनाउने प्रतिवद्वता जनाएको हो।

एमालेले सार्वजनिक गरेको प्रतिबद्वता पत्रमा प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउँदै संविधानले दिएका अधिकारलाई प्रदेश सरकारअन्तरगत ल्याउने जनाएको छ। 

एमालेले सर्वजनिक गरेको प्रतिवद्वतामा औद्योगिक नगरी विराटनगरलाई आर्थिक राजधानीमा रुपान्तरण गरिने जनाएको छ।

एमालेले प्रदेश सरकारका मन्त्रालयबाट दिइने सेवाहरू जिल्ला जिल्लाबाटै प्रदान गर्ने व्यवस्था गर्ने जनाएको छ। उसले शासन प्रणालीमा सुशासन, पारदर्शिता र आर्थिक अनुसाशन कायम गरिने बताएको छ।

यस्तै पहाडी र हिमाली जिल्लामा विभिन्न अवसर सिर्जना गरेर बसाइँसराइ दर घटाउने, हिमालय पर्वत श्रृङखलामा छोटो मार्गबाट पर्यटक पुर्‍याइ आम्दानी बढाउने प्रतिवद्वता जनाएको छ।

एमालेले कोशी नदी प्रणाली र यसको पानीलाई बहुउपयोगमा ल्याउने, प्रदेश १ लाई नेपालको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने जनाएको छ। 

यस्तै विराटनगर विमानस्थललाई शीत भण्डारसहितको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र प्रदेशस्तरीय खुला चिडियाघर सञ्चालन गरिने प्रतिवद्वता पनि एमालेले जनाएको छ।

पूर्ण पाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .