जनता समाजवादी पार्टी (जसपा) चीन र भारतसँग जोड्ने गरी दुई प्रकृतिका यातायात मार्गहरुको मार्गचित्र अघि सारेको छ। आम निर्वाचन– ०७९ का लागि जारी गरेको घोषणापत्र मार्फत् उसले यस्तो मार्गचित्र अघि सारेको हो।
उसले चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर–दक्षिण रेल मार्ग निर्माण गरिने तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
घोषणापत्रमार्फत् उसले काठमाडौँका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटी मेट्रो रेल वा अन्य उपयुक्त बैकल्पिक यातायातको एकीकृत सञ्जाल विकास गरिने पनि उल्लेख गरेको छ।
चीन–भारतसँग जोडिने गरी एक–एक वटा रेलमार्ग र लोकमार्गको पक्षमा आफूलाई उभ्याएको जसपाले तराई–मधेशका विभिन्न शहरहरुलाई जोडने गरी पूर्व पश्चिम रेलमार्गलाई विस्तृत परियोजना प्रतिवेदन तयार गरी ५ वर्षभित्र काम अगाडि बढाइने बताएको छ।
Shares
प्रतिक्रिया